+
+
Shares

एनपी साउदको आग्रह– क्रियाशील सदस्यताबारे थप विवाद नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग "अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्" भन्दै आग्रह गरेका छन् ।
  • नेता साउदले "तपाईंले सर्वसम्मतिले भएको कृयाशील सदस्यता चलाउनु हुन्न" भन्दै आग्रह गरेका छन् ।
  • नेता साउदले पार्टीको आगामी महाधिवेशनका लागि "निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरि बनाउनु पर्छ" भन्ने माग गरेका छन् ।

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् ।

आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् ।

‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ‘क्रियाशील सदस्यताबारेमा थप विवाद नगर्नुस् ।’

कुनै क्रियाशील सदस्यले अनुशासन तोडेको छ भने अनुशासनको कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको उनको भनाइ छ ।

‘त्यो प्रक्रियाअनुसार सम्बन्धित मान्छेलाई हटाउन सकिन्छ,’ नेता साउदले भने, ’तपाईंले सर्वसम्मतिले भएको कृयाशील सदस्यता चलाउनु हुन्न । हामी यो पनि आग्रह गर्न चाहन्छौं ।’

पूर्व परराष्ट्रमन्त्री साउदले पार्टीमो निर्वाचन समिति सबै पक्षलाई स्वीकार्य हुने गरि अगाडि बढाइनु पर्ने पनि माग गरे ।

‘निर्वाचन समिति बनाउने, अनुशासन समिति पनि सर्वस्वीकार्य हुने गरि बनाउनुपर्छ,’ उनले भने

विशेष अधिवेशनमा सहभागी भएका र असहमत भएका बीच एकता र समन्वय पछि मात्रै १५ औं महाधिवेशन प्रभावकारी रुपमा आयोजना गर्न सकिने नेता साउदको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?