+
+

राजनीतिक गुरु विरोधलाई हराउँदै सांसद चुनिए महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ६:०८

८ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

८६ हजार ३१ मत खसेकोमध्ये बर्तौलाले ३४ हजार ९१६ मत पाएर विजयी भए । खतिवडाले ३० हजार ३९६ मत पाए । खतिवडा बर्तौलाका राजनीतिक गुरु हुन् ।

खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए ।  संसदीय निर्वाचनमा विरोधको यो पहिलो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?