+
+

भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:३५

८ मंसिर, काठमाडौं। भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी राईले भन्दा राजेन्द्र कुमार राईले ३ हजार ८ सय ८७ मतान्तरले निर्वाचित भए ।

उनले गठबन्धनबाट सरकार हुँदा मुख्यमन्त्री बन्ने गरी उमेदवारी दिएका थिए । उनी नेकपा एमालेको फुटपछि गठबन्धनको तर्फबाट प्रदेश नं.१ को मुख्यमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?