+
+

दाङ-२ बाट प्रदेश सभामा कांग्रेसका न्यौपाने र खनाल निर्वाचित

प्रतिनिधिसभातर्फ रेखा शर्माको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ९:०८

८ मंसिर, दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभाका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन् । न्यौपानेले १७ हजार ८२२ र उनका निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन् । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम घोषणा गर्न बाँकी छ ।

यसअघि बुधबार सार्वजनिक भएको परिणाममा राजु खनालले एमाले उम्मेदवार बलिभद्र रानालाई हराएका थिए । खनालले १५ हजार ६१६ र रानाले १४ हजार ४४९ मत पाएका छन् ।

यस्तै प्रतिनिधिसभातर्फ जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमाले उम्मेदवार शंकर पोखरेललाई पछि पार्दै आएकी छन् । शंकर पोख्रेल केही सय मत अन्तरले मात्र पछि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?