+
+

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १४:०३

काठमाडौं । ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । स्थिर ब्याजदरमा ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ ।

उक्त कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले वातावरणमैत्री गतिविधिहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि उक्त कर्जा लिन सकिनेछ ।

वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत उक्त कर्जाको उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?