+

बालबच्चाका लागि कस्तो खेलौना उपयोगी ?

२०८१ वैशाख  १७ गते १३:५९ २०८१ वैशाख १७ गते १३:५९
Shares
बालबच्चाका लागि कस्तो खेलौना उपयोगी ?

बालबालिकाको मनोरञ्जनका लागि खेलौना जति महत्त्वपूर्ण हुन्छन्, उनीहरूको शारीरिक र मानसिक विकासका लागि पनि त्यतिकै उपयोगी । बच्चाको विकासमा खेलौनाले महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले बच्चालाई सधैं राम्रो कुरा सिक्न, ज्ञान बढाउन र मानसिक रूपमा समृद्ध बनाउन प्रेरित गर्ने खेलौना किनिदिनुपर्छ ।

बच्चाका लागि यस्तो खेलौना छनौट गर्नुपर्छ, जसबाट उनीहरूले खेल्दै धेरै कुरा सिक्न सकुन् । बच्चाको उमेर अनुसारको  तोकिएको मापदण्ड पूरा गरी बनाइएका र गुणस्तर प्रमाणीकरण चिन्ह भएको खेलौना छनोट गर्नुपर्छ ।

बालबालिकाको ध्यान दिने क्षमता उमेरसँगै बढ्दै जान्छ, त्यसैले सधैं खेलौनामा उल्लेख गरिएको उमेर दायरा अनुसार छनोट गर्नुपर्छ । उमेर अनुसारको खेलौना छनोट गरियो भने उनीहरूको सम्पूर्ण विकासमा त्यसले मद्दत गर्छ ।

एक वर्षभन्दा माथि पाँच वर्षसम्मका बालबालिकाका लागि

एकदेखि पाँच वर्षसम्मका बच्चाले केही कुरा समात्न आफ्नो हात, औंला, नाडी र मांसपेशीहरूको प्रयोग गर्छन् भने त्यसलाई ‘फाइन मोटर स्किल’ भनिन्छ । मस्तिष्क, स्नायु प्रणाली र मांसपेशीसँगै काम गर्दा यी कार्य हुन्छन् । त्यसैले पाँच वर्ष भन्दा कम उमेरका बच्चाका लागि ‘फाइन मोटर स्किल’ राम्रो हुने खेलौना छनोट गर्नुपर्छ ।

यस उमेरका बालबालिका बढी सक्रिय र आफ्नो वरपरको अवस्थाबारे सचेत हुन्छन्, त्यसैले खेलौना किन्दा यो कुरामा पनि ध्यान दिनुपर्छ ।

नरम बल, जनावरको आकृति खेलौना

पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई नरम बल दिइयो भने त्यसलाई उनीहरूले हात र खुट्टाले हिर्काउँछन् । जनावरको आकृति दिइयो भने हातले समात्छन् । यी सीपमार्फत बच्चाहरूले आफ्नो आँखा, हात, औंलाहरू र नाडीहरूको समन्वय गर्न सिक्छन् । जसले गर्दा उनीहरूमा ‘फाइन मोटर स्किल’को विकास हुन्छ ।

पेगबोर्ड

पेगबोर्डले पनि बच्चाको ‘फाइन मोटर स्किल’लाई बढाउन मद्दत गर्छ । समस्या समाधान गर्ने र संज्ञानात्मक सीप विकास गर्न सहयोग गर्छ । यस्ता खेलौनाले वास्तविक जीवन कौशलहरूसँग जोड्न र उनीहरूको कल्पनालाई कार्यमा बदल्न मद्दत गर्छ ।

चुम्बकीय अक्षर

चुम्बकीय अक्षरहरू पनि यस उमेरका बच्चाका लागि उत्तम खेलौना हुनसक्छ । यसबाट बालबालिकामा अंग्रेजी र नेपाली अक्षर चिन्न सक्छन्, साथै अक्षर पनि चिन्न सक्छन् । बजारमा धेरै प्रकारका चुम्बकीय खेलौना उपलब्ध छन्, जसमा अक्षरसँगै अक्षर टाँस्ने बोर्ड पनि हुन्छ ।

ब्लक

काठको ब्लक वा नरम ब्लकहरूले बच्चालाई सन्तुलनको अवधारणा बुझ्न सहयोग गर्छ । साथै यसले बच्चाको ‘फाइन मोटर स्किल’ राम्रो बनाउन पनि सहयोग गर्छ । बच्चाहरू खेलौना साथीसँग मिलेर खेल्छन् भने सामाजिक कौशल पनि विकास हुन्छ । आकार क्रमबद्ध गर्दा उनीहरूमा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ । यस्ता  खेलौनाले बच्चाको हात-आँखा समन्वय र संज्ञानात्मक विकासमा मद्दत गर्छ ।

व्यावहारिक खेलौना

पाँच वर्षभन्दा कम उमेरका बच्चाले अरूको नक्कल छिटो गर्छन् । यस उमेरमा उनीहरू परिवारको सदस्य वा अन्य कुनै पात्रको रूपमा लुगा लगाउने र उनीहरूको गरेको कामलाई दोहोर्‍याउने गर्छन् । यस्तोमा उनीहरूलाई किचेन सेट, डलहरु, क्यारेक्टर वेशभूषा आदि खेलौना दिन सकिन्छ । यस्ता खेलौनाले बच्चाको कल्पना शक्ति बढाउँदै सामाजिक र भावनात्मक सीपहरू विकास गर्न मद्दत गर्छ ।

पाँच वर्षमाथिका बालबालिकाका लागि

यो उमेरमा बालबालिका विद्यालय जान थालिसकेका हुन्छन् । यो उमेरमा उनीहरूको जिज्ञासा धेरै हुन्छ । पाँच वर्षमाथिका बालबालिका बढी सक्रिय र आफ्नो वरपरको अवस्थाबारे सचेत हुन्छन् । उनीहरू धेरै कुरा अभिव्यक्त गर्न सक्ने पनि हुन्छन् यस्तोमा उनीहरूको रुचिअनुसारको खेलौना दिनुपर्छ ।

साइकल वा अन्य आउटडोर खेलौना

साइकल, स्कुटर, फुटबल,  ब्याट बल, ब्याडमिन्टन र अन्य यस्ता आउटडोर खेलहरू यो उमेरमा बच्चाका लागि उत्तम हुन्छ । आउटडोर खेलौनाबाट उनीहरू बाहिरी वातावरणसँग घुलमिल हुन्छन् । जसले उनीहरूको सामाजिक, भावनात्मक तथा शारीरिक विकासमा सहयोग पुग्छ । आउटडोर खेलहरूले बालबालिकामा प्रतिस्पर्धाको भावना पनि विकास हुन्छ ।

चेस वा अन्य बोर्ड खेलहरू

चेस, सर्प लगायत अन्य बोर्ड गेमहरूले बच्चालाई स्क्रिनबाट टाढा राख्छ । साथै यी खेलहरूले उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने क्षमतालाई पनि बढाउँछ । समस्या समाधान गर्ने सीप विकास गर्न, संज्ञानात्मक र सामाजिक विकास गर्न पनि यस्ता खेल उपयोगी हुन्छन् ।

पजल गेम

पाँच वर्ष वा त्यसभन्दा माथिका बालबालिकाको लागि पजल गेम पनि  उपयोगी हुन्छ । यस्तो खेलबाट बौद्धिक विकास हुन्छ र ‘फाइन मोटर स्किल’ पनि राम्रो हुन्छ । यसले बालबालिकाको एकाग्रता बढाउनुको साथै आँखा–हातको समन्वयमा पनि सुधार गर्छ । पजललाई मिलाउन सक्रिय रुपमा लाग्दा उनीहरूको शरीरको व्यायाम समेत हुन्छ ।

खेलौना किन्दा ध्यान दिनुपर्ने कुरा

केही खेलौना शैक्षिक उद्देश्यका लागि हुन्छन् भने केही खेलौनाहरू मनोरञ्जनमा मात्र पनि हुन्छन् । त्यसैले खेलौना किन्दा कस्तो खेलौना आफ्नो बालबालिकाको लागि उपयुक्त हुन्छ । त्यसैअनुसार छनोट गर्नुपर्छ ।

बच्चा सानो छ भने धेरै सानो तथा धारिलो खेलौना दिनु हुँदैन । बच्चाले यी खेलौनाहरू मुखमा हाल्न सक्छन् वा हात खुट्टामा चोट लाग्न सक्छ । बच्चाले खेलौनासँग कसरी खेलिरहेको छ र उसले कति समय खर्च गरिरहेको छ भन्ने कुरामा पनि अभिभावकले ध्यान दिनुपर्छ ।

खेलौना डा. अनिल ओझा बालबालिका
डा. अनिल ओझा
लेखक
डा. अनिल ओझा
डेभलपमेन्ट पेडियाट्रिसियन

डा. ओझा हाल पाटन अस्पतालमा बालरोग विशेषज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । उनले एमबीबीएस र बालरोगमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३९६७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया