+
+

इलामबाट प्रदेश सभामा रामबहादुर मगर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १८:३९

८ मंसिर, इलाम । इलाम निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर विजयी भएका छन् ।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राम बहादुर मगरले १३ हजार ७ सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।

राना यसअघि समेत इलाम २ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।

उनी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । एक नम्वर प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका रानाले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विजयी सांसद मगरले मतदाता सबैलाई धन्यवाद समेत दिए । उनले कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्ने बताए ।

मगर निर्वाचित क्षेत्रबाट १ एक स्वतन्त्र सहित ८ जना चुनावी मैदानमा थिए । ५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।

इलाम २ को प्रतिनिधि सभामा भने नेकपा एमालेका सुवासचन्द्र नेम्बाङले अग्रता लिएका छन् । उनले १२ हजार ५६३ मत पाएका छन् । नेपाली कांग्रेसका डम्बर खड्काले भने ११ हजार ४६७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?