+
+
Shares

ठूला दललाई रवि लामिछानेको चेतावनी : नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २०:३३

८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताएका छन् ।

चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताए ।

‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भने, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’

लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताए । उनले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गरे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

अहिलेको निर्वाचन परिणामले कोही पनि आत्तिन र मात्तिन नहुने भन्दै उनले निर्वाचनमार्फत युवाले हस्तक्षेपकारी भूमिका खेलेको धारणा राखे । नेपालको राष्ट्रियता, स्वधीनता र स्वाभिमानको सम्मान गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे । देशको सीमाको रक्षा गर्न निर्मम हुने भन्दैं देशको गुमेको भूभाग प्राप्त गर्न कुनै कसर बाँकी पनि लामिछानेले बताए ।

मागी खाने नभई गरी खाने देश बनाउन खोजेको दावी गर्दै लामिछानेले यसअघि नेपाली जनताले जित्न नपाएको तर यसपटक जितेको टिप्पणी गरे । उनले आफ्नो निर्वाचन क्षेत्रको कार्यालयमा जनताका समस्या सुन्न एउटा खबरदारी र अर्को आइपरेका समस्याको गरी दुई अलग अलग बाकस राख्ने पनि बताए ।

यस्तै, टोल तथा वडावडाबाट प्रतिनिधि छानेर संसदीय बोर्ड गठन गर्ने भन्दै त्यसका लागि प्रतिनिधि पठाउन सभामा उपस्थितहरुलाई आग्रह गरे । निर्वाचनमा गरेका वाचा आफूले हुबहु कार्यान्वयन गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?