+
+

कपिलवस्तु-१ बाट एमालेका बलराम अधिकारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २१:०५

८ मंसिर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र-१बाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्‍मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

बलरामले ३६ हजार ६१९५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याए ।

यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्‍याए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार २२३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार १६३ मत मात्र पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?