+
+

बर्दियाबाट प्रदेशसभामा नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:२७

९ मंसिर, काठमाडौं । बर्दिया-२ को प्रदेशसभा (२) बाट नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका केन्द्रका मानबहादुर थारुलाई ९ हजार १ सय ४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।

धर्मबहादुर चौधरीले २० हजार १२७ मत ल्याउँदा माओवादीका मानबहादुर थारुले १० हजार ९८४ मत ल्याए ।

नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धर्मराज शाहले ३ हजार १३३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?