+
+

प्रदीप ज्ञवालीले हार स्वीकार्दै लेखे- प्रतिकूल नतिजाको जिम्मेवारी लिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:४६

९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् ।

‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’

ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

गुल्मी-१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी। ज्ञवालीलाई पछि पर्दै जित नजिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?