+
+

रौतहट-२ मा भत्कियो अफताबको गढ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ मंसिर ९ गते १४:४०

९ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर २ मा ३१ वर्षपछि आलम परिवार भन्दा बाहिरको व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०४८ को आम निर्वाचनमा रौतहटको राजपुरमा शेख इद्रिस प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएपछि २०७४ सालसम्म यो क्षेत्रको राजनीति उनकै परिवारको सेरोफेरोमा केन्द्रित थियो ।

काका शेख इद्रिसपछि मोहम्मद अफताब आलम नेपाली कांग्रेसका नेताका रुपमा उक्त क्षेत्रबाट उदाए । आलमले रौतहट क्षेत्र नम्बर २ बाट २०५६ र २०६४ सालको निर्वाचनमा विजय हासिल गरे । २०७० को निर्वाचनमा उनी मुस्ताक आलमसँग पराजित भए । तैपनि यो क्षेत्रको राजनीति उनको पकडमै रह्यो । आलम पुनः २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

कार्यकाल बाँकी हुँदैमा राजपुर बमकाण्डका आरोपीका रुपमा आलम पक्राउ परे र हाल उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

आलम परिवारको ३१ वर्ष लामो पारिवारिक पकडलाई यस स्वतन्त्र उम्मेदवार किरण साहले तोडदै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएका छन् । हाल कारागारमा रहेका अफताबले यसपटक आफ्ना छोरा फिरदोस आलमलाई कांग्रेसबाट उम्मेदवार बनाएका थिए । उनले २८ हजार २४८ मत पाए ।

को हुन् किरण साह ?

२०७४ सालको निर्वाचनमा अफताब आलम निर्वाचित हुँदा किरण साह १ हजार ९६८ मतान्तरले पराजित भएका थिए । कांग्रेसबाट निर्वाचित आलमले १८ हजार ८३३ मत पाउँदा साहले १६ हजार ८६५ मत पाएका थिए ।

नेकपा एमालेका नेता रहेका किरण साह, पूर्वमन्त्री प्रभु साहले एमालेको टिकट त्यागेपछि आफू पनि स्वतन्त्र उम्मेदवारकै रुपमा निर्वाचनमा सहभागी भएका थिए । रौतहट-२ मा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका उनी २०७४ को निर्वाचनमा पराजित भएदेखि नै अर्को चुनाव जित्ने तयारीमा लागेका थिए । निर्वाचित भएपछि साहले सबैले महसुस गर्ने गरी काम गर्ने बताए ।

रौतहट-२ का एक मतदाता राजन साहले यो क्षेत्रबाट परिवारवाद भन्दा बाहिरको मान्छे निर्वाचित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?