+
+

सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १६:०४

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् ।

एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?