+
+

आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १०:४१

११ मंसिर, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

१० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?