+
+

किसान र सोनललाई १५१ किलोको माला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १६:३४

११ मंसिर, वीरगञ्ज । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई १५१ किलोको माला लगाएर सममान गरिएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयबासिन्दाले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गएका उनीहरुलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ४ को बलिरामपुरका बासिन्दाले १५१ किलोको माला लगाइदिएका थिए ।

४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपा नेता सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि नै अन्तिम मतपरिणाम आएको भए पनि मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री सोनलको स्वास्थ्य अवस्था बिग्रिएपछि विजय जुलुस समेत निकालेका थिएनन् ।

सोनलको स्वास्थ्यमा सुधार आएपछि आइतबारदेखि विजय जुलुस निकालिएको छ । आइतबार विश्रामपुरको बलिरामपुर, मुसहर्वा, कान्तिपुर बरैनिया, कल्याणपुर, वतरा, फुलबरिया, फेटा लगायतको गाउँमा विजय जुलुस निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?