+
+

बागमती प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पुग्ने

सागर चन्द सागर चन्द
२०७९ मंसिर ११ गते २०:३४
बागमती प्रदेशसभामा निर्वाचितहरु क्रमश: कांग्रेसका इन्द्रबहादुर बानियाँ, नेकपा एमालेका जगन्नाथ थपलिया, माओवादीका सरल सहयात्री, एकीकृत समाजवादीका बसन्त मानन्धर र राप्रपाका सुनील केसी ।

११ मंसिर, काठमाडौं । बागमती प्रदेशका ६६ मध्ये ६० प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले २२ सिट जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १२–१२ सिट जितेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नेकपा एकीकृत समाजवादीले ५, हाम्रो नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टीले १/१ सिट जितेका छन् ।

समानुपातिक पद्धतितर्फ १५ लाख मत गणना हुँदा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राप्रपा तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा छ । कुल ११० सिटको प्रदेशसभामा सरकार निर्माणका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको सिट संख्या ३९ पुग्छ । समानुपातिकतर्फ दलहरुले हालसम्म पाएको मत हेर्दा सत्ता गठबन्धन फेरि पनि एक ठाउँमा उभिए बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ ।

आइतबार साँझसम्म बागमती प्रदेशसभाको समानुपातिकतर्फ खसेको १४ लाख ५६ हजार मत गणना हुँदा एमालेले ४ लाख २३ हजार ७११, कांग्रेसले ३ लाख ६६ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २४ हजार १६५ मत ल्याएको छ ।

माओवादी केन्द्रको २ लाख १२ हजार ४४३, नेपाल मजदुर किसान पार्टीको ६४ हजार १५०, एकीकृत समाजवादीले ४२ हजार ४७४ र हाम्रो नेपाली पार्टीले ४२ हजार २२२ मत पाएको छ ।

कहाँ कसले जित्यो ?

चितवनका ६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये एमालेले २, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले १/१ सिट जितेका छन् । एमालेबाट चितवन–१ (१) मा जगन्नाथ थपलिया र चितवन–२ (१) मा कृष्णप्रसाद सिलवाल निर्वाचित भएका छन् ।

कांग्रेसबाट चितवन–२ (१) मा उत्तम जोशी, माओवादी केन्द्रबाट चितवन– ३ (२) मा ठाकुरप्रसाद ढकाल, एकीकृत समाजवादीबाट चितवन–१ (२) मा कृृष्णप्रसाद खनाल, राप्रपाबाट चितवन–३ (१) मा गिरबहादुर तामाङ निर्वाचित भएका छन् ।

काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ८, राप्रपाले ५, एमालेले ४, एकीकृत समाजवादीले २ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ ।

कांग्रेसबाट काठमाडौं–१ (१) मा दीपेन्द्र श्रेष्ठ, काठमाडौं–१ (२) मा सुरजचन्द्र लामिछाने, काठमाडौं–३ (१) मा छिरिङ दोर्जे लामा, काठमाडौं–३ (२) मा विमल ठकुरी, काठमाडौं–४ (१) मा श्रीराम लामिछाने, काठमाडौं–५ (२) मा श्यामबहादुर खड्का, काठमाडौं–६ (१) मा हरिप्रभा खड्गी र काठमाडौं–१० (क) बाट पुकार महर्जन निर्वाचित भए ।

राप्रपाबाट काठमाडौं–२ (१) मा सुनील केसी, काठमाडौं–२ (२) मा राजु विष्ट, काठमाडौं–५ (१) मा राजेन्द्र प्रजापति, काठमाडौं–८ (२) बाट उद्धव थापा, काठमाडौं–९ (क) बाट नुरज बज्राचार्य निर्वाचित भएका छन् ।

एमालेबाट काठमाडौं–४ (१) मा जयराम थापा, काठमाडौं–६ (२) मा अमनकुमार मास्के, काठमाडौं–७ (२) मा प्रकाश श्रेष्ठ र काठमाडौं–९ (२) मा केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट काठमाडौं–७(१) मा बसन्त मानन्धर र काठमाडौं–१०(२) मा रमा आले निर्वाचित भएका छन् । हाम्रो नेपाली पार्टीबाट काठमाडौं–८ (१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।

काभ्रेपलाञ्चोकका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले २, नेकपा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा जितेका छन् । कांग्रेसबाट काभ्रे–१ (१)मा तीर्थ लामा र काभ्रे–२ (२) बाट कञ्चनचन्द्र बादे निर्वाचित भएका छन् । माओवादीबाट काभ्रे–१ (१) मा रत्नप्रसाद ढकाल एकीकृत समाजवादीबाट काभ्रे–२ (क) मा लक्ष्मण लम्साल निर्वाचित भए ।

धादिङका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले २, माओवादी केन्द्र र राप्रपाले १/१ वटा जितेका छन् । कांग्रेसबाट धादिङ –१ (१) मा मधुकुमार श्रेष्ठ र धादिङ–२ (१) मा गोविन्द लम्साल निर्वाचित भए ।

माओवादीबाट धादिङ–१ (२) मा शालिकराम जम्मकट्टेल र राप्रपाबाट धादिङ–२ (२) मा डम्बर तामाङ निर्वाचित भए ।

भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्येमा कांग्रेस, एमाले, नेपाल मजदुर किसान पार्टी र एकीकृत समाजवादीले एक/एक सिट जितेका छन् ।

कांग्रेसबाट भक्तपुर–१ (१) मा सुरेश श्रेष्ठ, एमालेबाट भक्तपुर–२ (१) मा किरण थापामगर, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर–१(२) मा सुरेन्द्रराज गोसाईं र एकीकृत समाजवादीबाट भक्तपुर–२ (२) मा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

मकवानपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादी केन्द्रले २, नेपाली कांग्रेस र नेकपा एमालेले १–१ सिट जितेका छन् ।

माओवादी केन्द्रबाट मकवानपुर–१ (१) मा प्रेमबहादुर पुलामी र मकवानपुर–२ (१) कुमारी मोक्तान निर्वाचित भएका छन् । कांग्रेसबाट मकवानपुर–२ (२) मा इन्द्रबहादुर बानियाँ र एमालेबाट मकवानपुर–१ (२) बाट एकालाल श्रेष्ठ निर्वाचित भए ।

रसुवाका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र माओवादी केन्द्रले १–१ वटामा जित हासिल गरेका छन् । कांग्रेसबाट रसुवा–१ (१) मा प्रभात तामाङले जिते भने माअ‍ोवादी केन्द्रबाट रसुवा–२ (२) मा इन्द्रप्रसाद गोतामे निर्वाचित भए ।

रामेछापका दुवै प्रदेशसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले जितेको छ । रामेछाप–१ (१) मा तारानारायण श्रेष्ठ, र रामेछाप–१ (२) मा युवराज चौलागाईं निर्वाचित भए ।

ललितपुरका ६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा एमाले र २ वटामा कांग्रेसले जित हासिल गरेको छ ।

एमालेबाट ललितपुर–१ (१) मा मधुसूदन पौडेल, ललितपुर–२ (१) मा रामेश्वर श्रेष्ठ, ललितपुर–३ (क) बाट रघुनाथ महर्जन र ललितपुर–३ (ख) बाट प्रेमभक्त महर्जन निर्वाचित भएका छन् ।

कांग्रेसबाट ललितपुर–१ (२) मा मीनकृष्ण महर्जन र ललितपुर–२ (२) मा रामकृष्ण चित्रकार निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोकका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र माओवादीले २–२ सिट जितेका छन् । कांग्रेसबाट सिन्धुपाल्चोक–१ (१) मा मसिना खड्का र सिन्धुपाल्चोक–२ (२) मा कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

माओवादीबाट सिन्धुपाल्चोक–१ (२) मा सरल सहयात्री पौडेल र सिन्धुपाल्चोक–२ (१) मा युवराज दुलाल निर्वाचित भएका छन् ।

सिन्धुलीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २ वटामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट १–१ जना निर्वाचित भएका छन् ।

कांग्रेसबाट सिन्धुली–१ (२) मा रामकुमार पहाडी र सिन्धुपाल्चोक–२ (१) मा क्षेत्रबहादुर बम्जन निर्वाचित भएका छन् ।

माअ‍ोवादी केन्द्रबाट सिन्धुली–१ (१) मा मातृकाप्रसाद भट्टराई र नेपाल समाजवादी पार्टीबाट सिन्धुली–२ (२) मा गंगानारायण श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल समाजवादी पार्टीले माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिएको थियो ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?