+
+

बेल्जियममाथि मोरक्कोको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते २०:५६

काठमाडौं । बेल्जियमलाई २-० ले पराजित गर्दै मोरक्कोले कतारमा जारी फिफा विश्वकप २०२२ मा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

समूह एफको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले आइतबार अल थुमामा स्टेडियममा दोस्रो हाफमा दुई गोल गर्दै बेल्जियमलाई हरायो ।

मोरक्कोका लागि रुपमा दुवै गोल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडीले गरे । अब्देलहामिद साबिरीले ७३औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

इन्जुरी टाइमको दोस्रो मिनेटमा जाकारिया अबोउखालले हाकिम जियाचको पासमा गोल गर्दै मोरोक्कोलाई २-० को जित दिलाए । पहिलो हाफको इन्जुरी टाइममा चियाचले गोल गरेपनि भिएआरले अफसाइड दिएको थियो ।

विश्वकपमा मोरक्कोले २४ वर्षपछि पहिलो जित निकालेको हो भने समग्रमा तेस्रो जित  सन् १९६८ मा पहिलो पटक विश्वकपमा खेल जितेको मोरक्कोले पछिल्लो पटक सन् १९९८ मा स्कटल्याण्डलाई पराजित गरेको थियो । चार वर्षअघि रुसमा भएको विश्वकपमा भने मोरोक्कोले समूह चरणमा दुई खेल हारेको थियो भने एक बराबरी गरेको थियो ।

बेल्जियमलाई हराएपछि २ खेलबाट ४ अंक जोड्दै मोरक्को शीर्ग स्थानमा उक्लेको छ । मोरक्कोले अब अन्तिम खेल क्यानडासँग खेल्नेछ ।

पहिलो खेलमा क्यानडालाई पराजित गरेको बेल्जियम ३ अंकसहित दोस्रो स्थानमा छ । आज राति नै समूह एफमा रहेका क्रोएसिया र क्यानडाबीच खेल हुँदैछ । त्यस खेलपछि नकआउट चरणमा पुग्नका लागि कुन टिमलाई कस्तो नतिजा चाहिन्छ भन्ने समिकरण बन्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?