+
+

आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते २०:४५
निर्वाचनमा बालबालिकाको प्रयोगबारे गरिएको उजुरीको विवरण सार्वजनिक गर्दै सिजप अध्यक्ष शर्मा ।

१२ मंसिर, काठमाडौं । आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटनामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

उजुरीमा २५ विद्यालय, एक विद्यालय बस र ४ जना शिक्षक प्रयोग भएको भन्दै सिजपले आयोगमा उजुरी दिएको अध्यक्ष राजेश शर्माले बताए । उनका अनुसार ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका बेला ११५ वटा उजुरी सिजपले आयोगमा दिएको थियो ।

सामाजिक सञ्जाल, देशभरि रहेका विभिन्न संस्था र अन्य स्रोतबाट प्राप्त सूचनाका आधारमा ती उजुरी दिइएको शर्माले बताए ।

कुल उजुरीमध्ये १४४ वटा बालबालिकालाई प्रचारप्रसार तथा र्‍यालीमा प्रयोग गरिएका, १२ वटा घरदैलोमा प्रयोग गरिएका, १८ वटा आमसभा, १३ वटा प्रचार सामग्रीमा प्रयोग गरिएका र २९ वटा बालबालिकालाई कलाकारका रुपमा प्रयोग गरिएकाबारे छन् ।

सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी शर्माले उजुरीबारे संक्षिप्त विवरण सार्वजनिक गरे । त्यसक्रममा उजुरी परेका मध्ये सबैभन्दा बढी लोकतान्त्रिक वाम गठबन्धनका दलहरुबाट ९८, नेकपा एमालेबाट ७१ र अन्य सात दलबाट ३४ वटा रहेको बताइयो ।

स्वतन्त्र उम्मेदवारहरुबाट पनि १३ घटनामा बालबालिकाको प्रयोग भएको पाइएको बताइएको छ ।

दलगतरुपमा कांग्रेसले २२, माओवादीले १३, एकीकृत समाजवादीले ८, लोकतान्त्रिक समाजवादीले ३, नेकपा एमालेले ७१, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२, विवेकशील, नेपाल सुशासन पार्टी, जनमत पार्टीले १/१ घटनामा बालबालिकाको प्रयोग गरेको पाइएको शर्माले बताए ।

उनका अनुसार समग्रमा यसपालिको विवरणले निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी आएको देखिएपनि अझै यो अवस्थामा सुधार ल्याउन बाँकी रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?