+
+

जनमत पार्टीले पनि कटाउला समानुपातिकको थ्रेस होल्ड ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते २१:०१

१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म ९४ लाख ६२ हजार ९०८ मत सदर भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी पनि थ्रेस होल्ड नजिक पुगेको छ । हालसम्म गणना भएको मतमा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ । यो सदर मतको ३.०१ प्रतिशत हो ।

बाँकी मत गणनामा पनि जनमतले यही अनुपात कायम राख्न सके थ्रेस होल्ड कट्ने छ । थ्रेस होल्ड कट्नासाथ कम्तिमा ४ सिट पाउनेछ ।

साथै जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ । सीके राउत सप्तरी २ बाट निर्वाचित भएका छन् । समानुपातिकमा थ्रेस होल्ड कट्यो भने राउतको दल राष्ट्रिय पार्टी पनि बन्नेछ ।

तर दोलखा, स्याङ्जा २, बाजुराको मत गणना बाँकी नै भएकाले ३ प्रतिशतमा टिकिराख्न जनमतलाई सहज छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?