+
+

धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुनेछन् तीन जोडी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर १३ गते २०:१०

१३ मंसिर, जनकपुरधाम । धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान-श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान-श्रीमती हुन् ।

यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । यसपटक रघुवीर र जुली दुवैले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित भएका हुन् ।

उसो त प्रतिनिधिसभामा थप दुई जोडी पनि आउने निश्चित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने उनकी श्रीमती आरजु राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा छिन् । प्रत्यक्षतर्फ पुरुषहरु नै ज्यादा निर्वाचित भएका कारण समानुपातिकमा महिलाहरु बढ्ता आउने छन् । यसमा पहिलो नम्बरमा रहेकी आरजु आउने पक्का छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)का अशोक राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सुशीला श्रेष्ठको नाम समानुपातिकमा छ । जसपाका पनि पुरुषहरु ज्यादा निर्वाचित भएका कारण श्रेष्ठ समानुपातिकतर्फबाट निर्वाचित हुने देखिन्छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?