+
+

त्रिवि दीक्षान्त समारोह : सकुन महर्जनलाई चार पदक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १३:४३

१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मंसिर २३ गते हुने ४८औँ दीक्षान्त समारोहमा एकै जना सर्वोत्कृष्ट विद्यार्थी विभिन्न चार र एक जनाले तीन पदकबाट विभूषित हुने भएका छन् ।

त्रिविले दीक्षान्त समारोहमा स्नातकोत्तर तह २०७६ सालका विभूषित हुने सर्वोत्कृष्ट विद्यार्थी विवरण अनुसार पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी सकुन महर्जनले ४.०० सीजीपीए प्राप्त गरेका छन् ।

विद्यार्थी महर्जनलाई सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएको हुनाले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक प्रदान गरिने भएको छ ।

विवरण अनुसार अर्का विद्यार्थी रोहन व्यञ्जनकार तीन ओटा पदकले विभूषित हुने भएका छन् । अर्थशास्त्र केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका व्यञ्जनकारलाई एम.ए. अर्थशास्त्र विषयमा ३.८५ सीजीपीए प्राप्त गरेको हुनाले तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक, चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्रदान गरिने भएको हो ।

त्यस्तै रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गका छात्रा रबिना घिमिरेलाई एम.ए. राजनीति शास्त्र विषयमा सर्वप्रथम भएको हुँदा ललित चन्द पुस्कार र वडाकाजी मरिचमान सिंह पदक प्रदान गरिने भएको छ ।

दीक्षान्त समारोहमा स्नातक तहका उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिँदै आएको भाइस चान्लर पदक चन्द्रकला राना पक्लिहवा क्याम्पस, पक्लिहवालाई प्रदान गरिने उल्लेख छ ।

४८औं दीक्षान्त समारोहमा २०७५, २०७६, २०७७ सालका एमफील, स्नातकोत्तर तथा स्नातक तहका सर्वोत्कृष्ठ २१ जना विद्यार्थीलाई विभिन्न पदकबाट विभूषित गरिने छ ।

सार्वजनिक विद्यार्थी नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए साल मङ्सिर १५ गतेभित्र स–प्रमाण त्रिवि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध गर्ने पनिकाले सूचित गरेको छ ।

दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूले मंसिर १८ गतेभित्र आपूmले प्राप्त गरेको सक्कल ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी सहित यस पनिका, बल्खुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?