+
+

नर्भिकद्वारा थापाथलीका घाइते नगर प्रहरीको निःशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:३४

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ ।

थापाथलीस्थित सुकुम्बासीबस्तीका स्थानीयले गरेको प्रतिरोधका क्रममा ३४ जना नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइते भएका नगर प्रहरीलाई उपचारका लागि नर्भिक इन्टरनेशनल हस्पिटल पुर्‍याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगर प्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन डोजरसहित पुगेको महानगरका नगर प्रहरीको टोलीसँग सुकम्बासीबस्तीका स्थानीयको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।

अस्पतालका अनुसार झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको नर्भिकमै उपचार जारी राखिएको उनले बताए ।

घटनापछि मंगलबार राति नर्भिकको आकस्मिक उपचार कक्षमा महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल घाइतेहरुको अवस्था बुझ्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?