+
+

शिक्षक सरुवा नगराउन मानव स्रोत विकास केन्द्रको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १९:१७

१३ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवामा रोक लगाएको छ । केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई सरुवा नगर्न निर्देशन दिएको छ ।

खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै केन्द्रले तत्काल शिक्षकको सरुवा नगर्न र सरुवा सहमति समेत नदिन निर्देशन दिएको हो ।

विज्ञापनका लागि मनी माग गरी पठाईएको उक्त रिक्त दरबन्दीमा स्थायी शिक्षक पदपूर्ति गरी शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको स्थायी शिक्षक पदस्थापनामा असर पर्न गएमा सो को जिम्मेवार सम्बन्धित इकाई र पालिका नै हुनुपर्ने केन्द्रले चेतावनी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?