+
+

स्मार्टफोनको क्यामेरा जोगाउने काइदाहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ११:१४

काठमाडौं । काठमाडौं । हामीहरु मोबाइल किन्न जाँदा त्यसको क्यामेराले खिच्ने फोटोको क्वालिटीलाई पनि हेरेर छनोट गर्छौं । सबैको चाहना हुन्छ आफ्नो मोबाइलको क्यामराले राम्रो फोटो खिचिराखोस् । तर सधैं त्यस्तो कहाँ हुन्छ र ? क्यामरा बिग्रिएर र हामीले राम्रोसँग चलाउन नजान्दा फोटो राम्रो आउँदैन । त्यसैले यहाँ क्यामरा जोगाउने केही टिप्स दिइएको छ, जुन तपाईंलाई काम लाग्न सक्छ ।

  • स्मार्टफोनको क्यामेरामा कहिलेकाहिँ स्क्रयाच हुन्छ, अर्थात् कोतरिन्छ । तपाईंले स्मार्टफोनमा कुनै खोल नलगाई राख्दा यस्तो हुने जोखिम बढी हुन्छ । बजारमा विभिन्न खालका स्मार्टफोनको सुरक्षा गर्ने कभर पाइन्छन् जसले स्मार्टफोनको क्यामरालाई जोगाउन सहयोग गर्दछ । त्यसैले स्मार्टफोनमा राम्रो खालको कभर प्रयोग गर्नुहोस् ।
  • झरीको मौसम वा पानीको सम्पर्कमा आउने ठाउँमा जाँदा स्मार्टफोनलाई वाटरप्रुफ ब्याग वा कभर भित्र राख्नु पर्दछ । यसो नगर्दा पानीको दुई–चार थोपा मात्रै पनि स्मार्टफोन पर्यो भने फोनभित्र ओसिलो हुने र त्यसले स्मार्टफोनका अन्य पाटपुर्जासँगै क्यामेरामा समेत असर पार्दछ ।
  • यदि तपाईंले आवश्यकता भन्दा धेरै प्रकाशमा आफ्नो स्मार्टफोनको क्यामरा प्रयोग गर्नुहुन्छ भने पनि तपाईंको स्मार्टफोनको फोटो क्वालिटी खराब हुने जोखिम हुन्छ । त्यसैले स्मार्टफोनको क्यामरा जोगाउनका लागि धेरै चर्को प्रकाशमा स्मार्टफोनबाट फोटो खिच्ने काम नगर्नुहोस् ।
  • यदि तपाईं आफ्नो स्मार्टफोन क्यामराबाट पानीभित्र फोटो खिच्नुहुन्छ भने त्यसका लागि तपाईंलाई उत्कृष्ट वाटरप्रुफ खोलको आवश्यकता पर्दछ । यदि स्मार्टफोन कभर कमसल खालको पर्यो भने त्यसले स्मार्टफोनको क्यामरा मात्र होइन पूरै स्मार्टफोन नै बिगार्न सक्दछ ।
  • यदि तपाईंले आफ्नो स्मार्टफोनको क्यामरा लेन्सलाई कुनै कपडाले सफा गर्नुहुन्छ भने निकै ध्यान पुर्याउनु पर्दछ । बढी सुख्खा, खस्रो कपडाले बढी रगडेर क्यामरा पुछ्नु हुँदैन । यसो गर्दा स्मार्टफोनको क्यामेरा लेन्समा कोतरिन वा बिग्रिन सक्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?