+
+

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १२:३२

१५ मंसिर, धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो ।

ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रर्दशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?