+
+

रेखाको प्रशंसा गर्दै बलरामले भने- उनी फिल्मी, पर्फेक्ट वाइफ र देवीजस्तै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १६:०८

काठमाडौं । अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टी ‘गसिप थलो’ समेत बन्यो । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो ।

रेखा थापा पहिलोपटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् । सलोन दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए ।

निस्कँदै गर्दा उनीहरु मिडियासामु पहिलोपटक खुले । क्याजुअल गफगाफदेखि बेबी प्लानसम्मका कुरा त्यहाँ चले । बलराम मिडियामा खुल्न केही हच्किए पनि उनी रेखाको प्रशंसा गर्न चुकेनन् ।

रेखालाई कसरी बुझ्नुहुन्छ भन्ने जिज्ञासामा बलरामको जवाफ थियो, ‘फिल्मी, पर्फेक्ट वाइफ र देवी ।’ यसरी व्याख्या गर्दा रेखा खुसी देखिइन् । ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन् । मेरो कल्पनामा यस्तै कपाल र रङ भएकी पत्नी थियो, त्यही पाएँ,’ उनले भने ।

बेबी प्लानबारे सोधिएको प्रश्नमा बलरामले आफूलाई बुवा बन्ने इच्छा भएको समेत बताए । रेखाले पनि वैवाहिक जीवन, फिल्म र राजनीतिबारे कुरा गरिन् । ‘उहाँलाई सुरुमै भेटेको भए हिरो बनाउँथे होला । मैले कल्पना गरेजस्तो हुनुहुन्छ । आध्यात्मिक, महिला र कामलाई सम्मान गर्ने मान्छे । देश र विश्वलाई बुझ्ने मान्छे मैले पाएँ,’ रेखाले भनिन् ।

विवाहपछि आफ्नो स्वभावमा केही परिवर्तन आएको रेखाले बताइन् । ‘अहिले रिस धेरै कन्ट्रोल भएको छ । धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन्, ‘एउटा मान्छेको मायाले फरक पार्दछ जिन्दगीमा ।’

राजनीति र फिल्मलाई सँगै अघि बढाउने योजना रहेको रेखाले बताइन् । ‘पहिलो प्राथमिकता राजनीति र समाजसेवा नै हो,’ उनले भनिन् । रेखा र बलरामले गत वर्ष अदालती विवाह गरेका थिए । उनीहरुको विवाहको खबर गत फागुन २ गते सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?