+
+

बाग्मतीमा पनि अब अंकभारमा आधारित लाइसेन्स परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १८:४२

१५ मंसिर, काठमाडौं । अब बागमती प्रदेशमा पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि नयाँ प्रणाली लागु हुने भएको छ । अन्य प्रदेशमा जस्तै बाग्मतीमा पनि ७० अंक आए पास हुने व्यवस्था लागु हुन लागेको हो ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका सबै यातायात व्यवस्था कार्यालयहरुलाई नयाँ प्रणाली लागू गर्न परिपत्र जारी गरेको छ । १९ चैत २०७७मा यातायात व्यवस्था विभागले यससम्बन्धी निर्देशिका जारी गरेको थियो ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५/५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?