+
+

सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ९:२७

१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।

शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।

नागरिकता नपाएर करिब ६÷७ लाखजना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?