+
+

विश्वकप फुटबलले ‘भ्वाइस अफ नेपाल’को प्रसारण समय हेरेफेर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते ११:५८

काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ ।

एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ । जसकारण आज (शुक्रबार) प्रसारण हुने ‘द भ्वाइस’को लाइभ शो प्रसारणको समय तालिका फेरिएको छ ।

द भ्वाइस अफ नेपालले शुक्रबार सूचना जारी गर्दै २५ औं एपिसोड साँझ ७ बजेदेखि सुरु हुने जनाएको छ । आजकै एपिसोडदेखि उपाधि विजेता चुन्न भोटिङ पनि सुरु हुँदैछ । शुक्रबारको अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुने जनाइएको छ ।

लाइभ शोमा अन्तिम १२ ट्यालेन्टबीच प्रतिस्पर्धा भइहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?