+
+

निर्माणसम्बद्ध वस्तु आयातमा नगद मार्जिन खुकुलो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १७:१८

१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माणसम्बद्ध वस्तुहरुको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था खुकुाले बनाएको छ ।

यसअघि जारी भएको नगद मार्जिनसम्बन्धी एकीकृत परिपत्रलाई संशोधन गर्दै राष्ट्र बैंकले टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, बिटुमिन, ढुंगा, ईंटा, झिंगटीहरुको आयातमा नगल मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ ।

त्यसैगरी सार्वजनिक निकायमार्फत टेन्डर भएर हुने सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिनको व्यवस्थालाई राष्ट्र बैंकले खुकुलो बनाएको छ । त्यसैगरी हवाई जहाज र रंगशालाहरुमा राखिने कुर्सीको आयात गर्दा पनि अब नगद मार्जिन राख्नुपर्ने भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्ट मौद्रिक नीतिको समीक्षाले लिएका नीतिको आधारमा नगद मार्जिनको व्यवस्थालाई खुकुलो बनाउन सुरु गरिएको बताउँछन् । यसले अर्थतन्त्रको बाह्य क्षत्रे सहज बन्दै गएपछि क्रमशः यस्त नीतिहरु खुकुलो हुँदै जाने सन्देश पनि दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?