+
+

बाजुरामा कांग्रेसका उम्‍मेदवार बद्री पाण्डेको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १९:०१

१६ मंसिर, बाजुरा। बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले एमाले उम्मेदवार कर्ण थापासँगको मतान्तर दुई हजार पुर्‍याएका छन् ।

शुक्राबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस नेता पाण्डे ६ हजार ५३५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ४२१ मत पाएका छन् ।

यसअघि बाजुराको हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भएर गणना रोकिएको थियो । मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए ।

४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो । तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?