+
+

पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते २३:३१

१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् ।

पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६ मा पुग्ने तेस्रो टिम बनेको हो ।

कोरिया समूह एचको उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलिया समूह डी को उपविजेता तथा जापान समूह इ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?