+
+
विश्वकप फुटबल :

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १४:४०

१७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको हो ।

सर्बियालाई ३-२ ले हराउँदै समूह उपविजेता बनेको स्वीटजरल्याण्ड अन्तिम १६ मा पुग्ने अन्तिम टोली बन्‍यो । ब्राजिल समूह जी को विजेता तथा स्वीजरलयाण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

२२औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४-४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ । हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् ।

यसपटक समूह चरणका खेलहरु रोमाञ्चक रहे । जहाँ केही अप्रत्याशित टीम पनि आए । उपाधि दाबेदार मानिएको पूर्व च्याम्पियन जर्मनीदेखि स्वर्णिम पुस्ताको बेल्जियम समूह चरणबाटै बाहिरिए । यस्तै उरुग्वे, मेक्सिको, डेनमार्कले पनि समूह चरण पार गर्न सकेनन् ।

यता, जापान र मोरोक्को उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बने । एसियाबाट पहिलो पटक तीन टिम विश्वकपको नकआउट चरणमा पुग्‍यो ।

अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ ।

युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २/२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।

समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ?

मंसिर १७ गते शनिबार

४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका

५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

मंसिर १८ गते आइतबार

५१. समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता (राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल

५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड

मंसिर १९ गते सोमबार

५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया

५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता (राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन

५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे) पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड

क्वाटरफाइनल

मंसिर २३ गते शुक्रबार

५७. खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता (राति ८:४५ बजे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?