+
+
Shares

त्रिविको विज्ञान तथा प्रविधि संस्थानले मौका परीक्षा सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १५:२८

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

संस्थान डीनको कार्यलय, परीक्षा शाखाले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई मौका परीक्षा दिने सूचना जारी छ ।

शाखाले २०६९ सालदेखि अवधि नाघेको विद्यार्थीहरुलाई एक पटकको लागि मौका परीक्षाको व्यवस्था गरिएको जनाएको छ । शाखाले सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको प्रथम वर्ष प्रथम सत्रदेखि चौथो वर्ष आठौं सत्र सम्मको विद्यार्थीलाई मौका परीक्षाका लागि आवेदन दिन सूचित गरेको छ ।

२०६९ सालदेखि अवधि नाघेका विद्यार्थीले माघ १६ गतेसम्म परीक्षा आवेदन बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?