+
+

निर्वाचनका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासका निम्ति लागौं : कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १०:४९

१९ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता गंगा कार्कीले चुनावको बेला भएका तितामिठा कुरा बिर्सिएर दोलखाको विकासको निम्ति लाग्न आह्वान गरेका छन् ।

निर्वाचित भएपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले दोलखाली जनताको विकास उन्नती र प्रगति नै सबैभन्दा मुख्य कुरा हो भन्दै त्यसमै केन्द्रित हुन आह्वान गरेका हुन् ।

आफ्नो जित सबैको जित हो भन्दै उनले भने,  ‘निर्वाचनको बेला थुपै्र तितामिठा कुरा भए होलान् । राम्रा नराम्रा कुरा भए होलान् । ती सबै कुरा बिर्सिएर, दोलखाको विकासका निम्ति लाग्न मलाई मत हाल्ने र नहाल्ने सबैलाई म अनुरोध गर्न चाहान्छु ।’

उनले थपे, ‘हामी व्यक्तिगत रुपमा कोही होइनौं, दोलखाली जनताको विकास उन्नती र प्रगति नै सबैभन्दा मुख्य कुरा हो, त्यहाँ सबै ध्यान केन्द्रित गरौं । विपक्ष विपक्ष जे भइयो यो चुनावमा अब हामी पक्ष विपक्ष भएर होइन, एउटै भएर, एकताबद्ध भएर दोलखाको उन्नती र प्रगतिका निम्ति लागौं भन्ने अनुरोध गर्न चाहन्छु ।’

माओवादी केन्द्र दोलखाका संस्थापक समेत रहेका कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पाँच सय बढी मत अन्तरले हराएका छन् ।

प्रदेश सभातर्फ भने १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र २ मा एमालेका भरत केसी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?