+
+

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते ९:३२

१९ मंसिर, काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रदेश सभामा काफ्ले र केसी निर्वाचित

दोलखाको प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?