+
+

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १६:२३

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’

कांग्रेसको शाख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?