+
+
Shares

‘अनवरत गरेको संघर्षको प्रतिफल प्राप्त भयो, अब १५औं महाधिवेशन केन्द्रित हुनुपर्छ’

उनले अब कांग्रेसका सबै नेता कार्यकर्ता एकताबद्ध भएर १५औं महाधिवेशन केन्द्रित हुनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको निर्णयले कसैको हार वा जित नभएको बताउनुभयो।
  • सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसलाई आधिकारिकता दिएको छ।
  • घिमिरेले सबै कांग्रेस नेता कार्यकर्तालाई १५औं महाधिवेशन केन्द्रित भएर एकताबद्ध हुनुपर्ने बताउनुभयो।

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको निर्णयले कसैको हार वा जित नभएको बताए । शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसलाई आधिकारिकता दिएपछि उनले यस्तो बताएका हुन् ।

घिमिरेले थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । उनले सर्वोच्चको निर्णय विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको पनि बताए ।

‘सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि परेको रिट निवेदन उपर सुनुवाइ पश्चात् गरेको आदेश न्यायपूर्ण छ।यो नेपाली कांग्रेसका सदस्यहरुले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल हो,’ उनले भने, ‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ।यो कसैको हार वा जित होइन।’

उनले अब कांग्रेसका सबै नेता कार्यकर्ता एकताबद्ध भएर १५औं महाधिवेशन केन्द्रित हुनुपर्ने बताए । ‘अब हामी नेपाली कांग्रेसका सबै साथीहरू एकताबद्ध भई पार्टीको १५ औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर नेपाली कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?