
२१ मंसिर, दमक । दश वर्षे सशस्त्र आन्दोलनमा राज्यद्वारा वेपत्ता पारिएका पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा रक्तदान एवम् वृक्षारोपण कार्यक्रम गरिएको छ ।
पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं.१ का कृषि मन्त्री झलकसिंह दर्लामीले वृक्षारोपण गरेर कार्यक्रम सुरुवात् गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद एवम् एमाले नेता होमबहादुर थापा, दमक नगरपालिकाका मेयर राम थापा, उपमेयर रेगिना भट्टराई, कांग्रेस नेता सुरेश सुब्बा, माओवादी नेता गगन पुरी लगायतको सहभागिता थियोे ।
झापा दमक–१ निवासी पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका हुन् । उनीहरु स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् । मंसिर २१ गते पुष्पराज बस्नेतको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम राखिएको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4