
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ
२२ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । मंसिर २३ गते शुक्रबार दिउँसो ३ बजे कोटेश्वरमा बैठक बोलाइएको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
संसदमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको यो पहिलो पटक हो । पहिलोपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा तीन सिट जितेको छ । यद्यपि राष्ट्रिय दल बन्न भने सकेन ।
उसलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धनका नेताहरुले प्रयास पनि गरे । तर सो पार्टीका नेता रेशम चौधरीले भने सरकारमा नजाने बताइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4