+
+

राप्रपामा समानुपातिकतर्फ दोश्रो पुरुष सांसद कसलाई बनाउने भन्ने विवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १७:३४
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोश्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ ।

प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने छ ।

समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर राणालाई सांसद बनाउने विषयमा कुनै विवाद नभए पनि दोश्रो पुरुषका बारेमा विवाद भएको राप्रपा निकट श्रोतले जनाएको छ ।

आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका बुद्धीमान तामाङ, मधेसीको पहिलो नम्बरमा रहेका प्रल्हाद साह र खस आर्यतर्फ दोश्रो नम्बरमा रहेका प्रकाशचन्द्र लोहनी मध्ये एक जना छान्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समस्या परेको छ ।

आफूलाई पार्टी अध्यक्ष बनाउन भूमिका  खेलेका लोहनी र पार्टीका उपाध्यक्ष तामाङलाई छुटाउन लिङदेनलाई सहज छैन । यस्तै समानुपातिकमा मधेसबाट राम्रो मत आएकोले साहलाई लैजाने दबाव पनि अध्यक्ष लिङदेनमाथि छ ।

बागमती प्रदेशको समानुपातिकमा पनि विवाद रहेको श्रोतले जनाएको छ । राप्रपाले बागमती प्रदेशमा १ जना पुरुषलाई पठाउन पाउँछ । जसमा महामन्त्री भुवन पाठक र नेता दिलविकास राजभण्डारी मध्ये कसलाई पठाउने भन्ने विवाद रहेको हो ।

पार्टीले प्रतनिधि सभामा पठाउने समानुपातिक सांसदको नाम तय गर्न भोलि शनिबार कार्य सम्पादन समितिको बैठक समेत बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?