+
+

समानुपातिक सांसदबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते ९:२७

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बिहान ९ बजे सारिएको बैठक केही ढिलो गरी सुरु हुन लागेको हो ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाको दिउँसोको कार्यक्रम परेपछि बिहानलाई सारिएको हो ।

समानुपातिक सांसद चयनबारे छलफल गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगको पत्र अनुसार समावेशिताको आधारमा सूची पठाउन बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?