+
+

नबिल बैंकद्वारा बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते २०:०३

काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक उद्यमशीलता विकासका लागि बैंकले उद्यमशीलता तालिम सञ्चालन गरेको जनाएको छ ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बैंकले जनाएको छ । बैंकले आइतबार ललितपुरको  क्याम्पियन कलेजमा एक कार्यक्रमको आयोजना गर्दै गबाग्मति प्रदेशको तालिममा सहभागि २५ जनालाई सर्टीर्फिकेट प्रदान गरेकको छ । नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले तालिममा सहभागिलाई सर्टिफिकेट प्रदान गरे । प्रमाणपत्र प्रदान गर्दै उनले नेपालको उच्च शिक्षालाई अब्बल निजी बैंकसँग जोडी सफल र सिर्जनशील उद्यमी बनाउने नबिलको यो नाफारहित अभियान रहेको बताए ।

नबिलले यस अभियान अन्तर्गत देशका सातै प्रदेशमा सर्टिफिकेट तहको अर्को कार्यक्रम सञ्चालन भइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डले बताए । बैंकले सातै प्रदेशका विभिन्न क्याम्पससँग सहकार्य यो कार्यक्रम सञ्चालन गरीरहेको उनले जानकराी दिए ।

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबर्द्धन गर्ने उद्देश्यका साथ नबिल बैंकले सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । जसमध्ये सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयन ल्याएको बैंकले पहिलो चरणमा बागमती प्रदेशबाट छनोट भएका २५ जना विद्यार्थिलाई तालिम दिएर प्रमाणपत्र हस्तान्तरण गरेको हो । बैंकले सातै प्रदेशका विभिन्न स्कुल/कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेर यो कार्यक्रम अगाडि बढाएको छ ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृतले भुपेन्द्र पाण्डेले यो अभियान सामाजिक उद्यमशीलताको एउटा नयाँ आयाम रहेको बताए । उनले यो कार्यक्रम वित्तिय साक्षरता एक केन्द्रको रुपमा पनि स्थापित भएर जाने बताए ।

स्कुल/कलेज पढ्दादेखि नै जागिर खाुनपर्ने भन्ने सोसाइटीमा बढीरहेको अवस्थामा सामाजिक उद्यमशीता पनि हुनुपर्छ भनेर नबिलले यो कार्यक्रम सुरु गरेको उनले बताए ।

देशमा उद्यमशीलताको विकास हुनुपर्छ नयाँ उद्यमी जन्मनुपर्छ र त्यसले मात्रै रोजगारी सिर्जना गर्ने र देशलाई विकास गर्न सहयोग गर्छ भन्ने बैंकको विश्वास रहेकोले नबिलले यस्तो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?