+
+

ग्लोबल मनी विकको अवसरमा नबिल बैंकको देशव्यापी कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:०७

काठमाडौं । नबिल बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ युवा र विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

१८ देखि २४ मार्चसम्म विश्वभर ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो ।

यही अभियान अन्तर्गत सातै प्रदेशमा १ हजार ९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

कार्यक्रमबाट कोशी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, बागमती प्रदेशका ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यसका साथै, नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि ¥यालिमा बैंकले सहभागिता जनाएको थियो जसमा करिब ३०० जना बैंकर्स साथै सर्वसाधरणको सहभागिता रहेका थिए ।  लु

कार्यक्रमबाट कोसी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, बागमती प्रदेशका ४२५, लुम्बिनी प्रदेशका १३५, सुदूरपश्चिम प्रदेशका १२०, कर्णाली प्रदेशका २४० जना विद्यार्थी लाभान्वित भएको बैंकले जनाएको छ ।

गण्डकी प्रदेशमा भने फरक शैलीबाट यो कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । गण्डकी प्रदेशको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । कक्षा ८-१० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बीच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको थियो । विजेता विद्यार्थीहरूलाघ पुरस्कार वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?