+
+

नबिल बैंक अध्यक्ष पौड्यालाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १५:०२

१८ चैत, काठमाडौं । नबिल बैंक अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ । उनकी आमा सोमना पौड्यालको आइतबार बिहान निधन भएको हो ।

१५ जेठ १९९९ मा जन्मिएकी सोमनाको आइतबार ८१ वर्षको उमेरमा काठमाडौं चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार क्रममा निधन भएको हो । दुई वर्षअघि पौड्यालका पिता मधुसूदन पौड्यालको निधन भएको थियो ।

सोमनाका ३ छोरा र २ छोरी छन् । उनीहरूमध्ये नबिल बैंक अध्यक्ष पौड्याल जेठा हुन् । सोमनाको अहिले पशुपति आर्यघाटमा अन्येष्टि गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?