+
+
Shares

क्युरेक्स फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि गुणस्तरहीन, लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १७:१९

२६ मंसिर, काठमाडौं। नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो ।

औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।

औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।

क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि प्रयोगशालाबाट विश्लेष्ण प्रतिवेदन अनुसार गुणस्तर नभएको पाइएको छ,’ विभागले जारी गरेको सुचनामा भनिएको छ,’ विभागको ९ मंसिर निर्णयले उक्त औषधिको विक्री वितरण र्दा प्रभाणपत्र औषधि ऐन, २०३५ को दफा २० (४) बमोजिम रद्द गरिएको छ ।’

एस्कर्विक एसिड (भिटामि सी) विशेषगरी क्यान्सर वा मिगौलाको रोगबाट समस्या भएका व्यक्तिलाई दिइने गरिन्छ । त्यसैगरी, शरीरमा भिटामिन सीको कमीले थकान, गिजा सुन्निने, जोर्नी दुख्ने र घाउ निको नहुने रोग) लाई रोक्न र उपचार गर्न पनि प्रयोग गरिने चिकित्सक बताउँछन् ।

बजारमा गुणस्तरहीन र नक्कली औषधि हुनसक्ने चिन्ता व्यक्त गर्दै सरकारी अनुगमनको प्रभावकारितामाथि तर, उपभोक्ता अधिकारकर्मीले प्रश्न उठाउँदै आएका छन् । यद्यपि, सरकारी अधिकारी औषधि र स्वास्थ्य सामग्री नियमनका लागि पर्याप्त जनशक्ति नभएको बताउँछन् ।

हेर्नुहोस् विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?