+
+

‘चि मुसी चि’ टिजर : के देखेर डराए प्रियंका, ऋचा र बेनिशा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते ११:५४

काठमाडौं । प्रियंका कार्की अभिनित मल्टिस्टारर हरर–थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर सार्वजनिक भएको छ । टिजरले प्रियंका, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा र गौरव विष्टको चरित्रलाई प्रस्तुत गरेको छ ।

टिजर हेर्दा लाग्छ, ‘चि मुसी चि’ हररभन्दा पनि थ्रिलर फिल्म हो । कुनै अदृश्य चरित्र र घटनाले फिल्मका यी पात्रहरुलाई पछ्याएको अनुमान गर्न सकिन्छ । कुनै दृश्यलाई देखेपछि प्रियंका चिच्चाएको दृश्यसँगै टिजर सकिन्छ । तर उक्त दृश्य कुनै भूत हो वा अपराधको घटना, त्यसलाई अनुमानमै छाडिएको छ ।

प्रस्तुतकर्ता अरुण चक्रवर्तीले उच्च कोटीको हरर फिल्म हेर्ने नेपाली दर्शकको चाहना यो फिल्मले पूरा गर्ने दाबी गरे । सोहीअनुसार कथा, छायांकन र सम्पादनको काम गरेको उनी बताउँछन् ।

मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिञ्जु केसीसँग मिलेर चक्रवर्तीले फिल्म निर्माण गरेका हुन् । डिसेम्बर २१ मा ट्रेलर सार्वजनिक गर्ने निर्माताको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?