+
+

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १२:३९

२७ मंसिर, काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच मर्जर १ः१ को सेयर अदानप्रदान अनुपात (स्वाप) रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । सम्पत्ति र दायित्वको विस्तृत मूल्यांकन (डीडीए) गर्दा स्वाप रेसियोमा ठूलो अन्तर आएको खण्डमा भने त्यसमा पनर्विचार हुने सहमति भएको स्रोतले जनाएको छ ।

मर्जरपछि बन्ने संस्थामा सञ्चालक समिति अधयक्ष नयाँ सारथी लघुवित्तबाट र प्रमुख कार्यकारी अधिकृतमा हालको विजय लघुवित्तका बसन्त लम्साल हुने सहमति भएको छ ।

मर्जरमा जाने सहमतिसँगै दुवै संस्थाका आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?