+
+

‘अवतार २’ आउने भएपछि सर्‍यो ‘सरी मम’, यस्तो छ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १३:५०

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार २’ रिलिज हुने भएपछि नेपाली फिल्म ‘सरी मम’को प्रदर्शन सरेको छ । अब यो फिल्म माघ ५ गते प्रदर्शन हुने निर्माताले जानकारी दिएका छन् ।

निर्माताले मंगलबार ट्रेलर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । लागुऔषधले परिवार, समाज र व्यक्तिको निजी जीवनमा पार्ने असरको कथा पेस गर्ने फिल्मलाई नवीन बोगटीले निर्देशन गरेका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर रिलिज गरिएको हो । यसमा सरोज खनाल, सरिता लामिछाने, एलिश राई लगायतको अभिनय छ । कार्यक्रममा सरिताले फिल्म सन्देशमूलक बनेको बताइन् ।

निर्माता विनोद लामाले आँखा अगाडिको सामाजिक कथालाई टिपेर फिल्म तयार भएको बताए । फिल्मको निर्माण र प्रदर्शनमा जेसिज, नार्कोनान, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?