+
+

फेरिएका मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १७:३२

२७ मंसिर, काठमाडौं । लियोनल मेस्सीको अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा खराब क्षणका रुपमा थियो, त्यो ।

तनावग्रस्त खेलपछिको स्तब्धपूर्ण नजितापछि उनी आफ्ना टिममेटसँग अंकमाल गरी एक्लै बाहिरिएका थिए । त्यो एक विशेष रातको अन्तिम अध्याय थियो । १२० मिनेटको प्रतिस्पर्धापछि अर्जेन्टिना पेनाल्टी सुटआउटका लागि तयार थियो ।

मैदानको मध्यभागदेखि पेनाल्टी क्षेत्रसम्म मेस्सी विस्तारै गइरहेका थिए । उनका जादुई अंगलाई असीमित दबावले कमजोर बनाइदिएको थियो ।

त्यो २६ जुन सन् २०१६ को रात । ६ वर्षअघि मेस्सी अहिलेजस्तै गरी विश्वभर केन्द्रमा थिए । न्यूजर्सीमा त्यस रात अर्जेन्टिनाले लामो प्रतीक्षापछि कोपा अमेरिकाको रुपमा एउटा अन्तर्राष्ट्रिय उपाधिको सम्भावना देखेको थियो ।

केही सेकेण्डमा मेस्सीको पेनाल्टी प्रहार क्रसबारमा लागेर बाहिरियो । उनले दुवै हातले आफ्नो जर्सी ताने । मध्यभागमा फर्किँदै गर्दा उनी मुस्कुराए र आफ्नो भयभीत अनुहार छोपे ।

कोपा अमेरिकाको उपाधि गुमाएपछि उनका टिममेट सर्जियो एग्युरोले भनेका थिए, ‘मेस्सी विक्षिप्त थिए । मैले अहिलेसम्म उनलाई यो अवस्थामा देखेको थिइनँ ।’

मेस्सी आफ्नो व्याकुल र निराश शरीरलाई सन्तुलित बनाउन आफ्ना टिममेटको सहारा लिइरहेका थिए । मध्यरातपछि उनले राष्ट्रिय टिम छाड्ने घोषणा गरे । उनको वक्तव्यमा भनिएको थियो, ‘मैले अर्जेन्टिनालाई च्याम्पियन बनाउन धेरै प्रयास गरेँ । तर, त्यो हुन सकेन । मैले गर्न सकिनँ । हामी मिसनमा असफल भयौं । उपाधि मेरा लागि थिएन ।’

यो सन्दर्भ मेस्सीको हालैको एक्लो कदमका लागि स्मरण गरिएको हो । मैदानको मध्यभागबाट पेनाल्टी क्षेत्रसम्म मेस्सी पुनः एकपल्ट सबैको नजरमा थिए । एक तनावपूर्ण रातमा १२० मिनेटसम्मको प्रतिस्पर्धापछि उनी पहिलो पेनाल्टीका लागि कदम अगाडि बढाउँदै थिए । यसपल्ट विश्वकपको क्वार्टरफाइनल चरण थियो  ।

यतिबेला पनि दबाव उत्तिकै थियो । तर, मेस्सीले सबै कुरा बेवास्ता गरे । किनभने यो मेस्सीको अन्तिम विश्वकप हो र उनी परिवर्तन भएका छन् ।

उनले एकपल्ट बललाई नियालेर हेरे । एक लजालु खेलाडीले शान्त स्वभाव प्रदर्शन गरे र डच गोलरक्षकलाई छक्याउदै अर्जेन्टिनालाई पेनाल्टीमा अग्रता दिलाए ।

लुसेल रंगशालामा अविष्मरणीय तीन घण्टाभन्दा धेरै समय । तनावपूर्ण खेल, १७ पहेँलो कार्ड प्रदर्शन र लगातारको हल्लाका बीच अर्जेन्टिनाले आफ्नो क्षमता प्रदर्शन गर्यो र सेमिफाइनलसम्म पुग्यो । अर्जेन्टिनी कप्तान आत्मविश्वासी देखिन्थे । मानौं उनीहरुलाई कुनै दबाव नै छैन । मेस्सीबारे अर्जेन्टिनाका महान फुटबलर जर्ज वाल्डानो भन्छन्, ‘उनी ‘मुक्त’ भइसकेका छन् ।’

वर्षौंसम्म अर्जेन्टिनाको खेल अप्रत्यासित भइरहेको थियो । उनीहरु अक्सर मेस्सी र उनको जादुई प्रदर्शनको खुसी मनाउन पाउँदैनथे । तर, यसपल्ट मेस्सी आफैंले टिमको सफल नेतृत्व गरिरहेका छन् । उनी अधिक अनुभवी र परिपक्व देखिएका छन् ।

उनले शुक्रबारको विजयका क्रममा नियमित समयमा पहिलो गोल गरे । त्यसपछि दुवै हात फैलाएर खुसी मनाए । त्यसपछि नेदरल्याण्ड्सको बेन्चअगाडि पुगे । दुवै हात कान पछाडि फैलाएर आक्रोशित भाव देखाए ।

खेलपछि उनले भने, ‘खेलअघि भान गाल (नेदरल्याण्ड्सका प्रशिक्षक) ले गरेको टिप्पणीबाट मैले अपमानित महशुस गरेँ । केही डच खेलाडीले पनि खेलका दौरान ठूलो कुरा गरे ।’

मेस्सीले पहिलो हाफको प्रदर्शन र बल नियन्त्रण लगभग निपूर्ण थियो । दोस्रो हाफमा पेनाल्टी प्रहार गर्न लाग्दा डच गोलरक्षक एन्ड्रिज नेपर्टले डराउने प्रयास गरे पनि उनको प्रहार सटिक थियो ।

मेस्सीले पूरा खेल सहजताका साथ खेले । पछिल्लो एक महिना उनले पनि त्यही महशुस गरेका छन् । उनको दिमागी दृष्टिकोण बदलेका छन् ।

दबाव अहिले पनि उत्तिकै छ । तर, कुनै चिन्ता छैन । मेस्सी यस्ता दबावबाट माथि उठेर एक अलग मानिस बनेका छन् । उनी त्यस्तै बनेका छन्, जसले सन् २० को दशकमा बार्सिलोनामा थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?